पुर्वसभामुख महराको बयान आज पनि जारी रहने

काठमाडौं। सुन तस्करी प्रकरणमा पक्राउ परेका पुर्व सभामुख कृष्णबहादुर महरालाई अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले दिएको चार दिनको म्याद आज सकिँदैछ।

महराको बयान नसकिए पुनः म्याद थपका लागि अदालतसँग अनुमति माग्ने तयारी सीआइबीले गरेको छ।

हिजोदेखि सरकारी वकिलसमक्ष महराको बयान सुरु भएको छ। हिजो सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएका महराको आज पनि बयान जारी रहने सरकारी वकिलको कार्यालयले जनाएको छ।

सुन तस्करी प्रकरणमा महरा सोमबार पक्राउ परेका थिए।