काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई बयान लिने भएको छ ।
सांसद चौधरी बयानका लागि बिहीबार बिहान सीआईबीमा उपस्थित भएको हुन् ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनामा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको सीआईबीले सभामुख देवराज घिमिरेलाई पठाएको पत्रमा उल्लेख गरिएको थियो ।
बाँसबारी छाला जुत्ता कारखाना लि। को नाममा दर्ता कायम रहेको कामपा-३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैह कानूनी तवरबाट च्याम्पियन फुटवेयर लि। को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि।का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्युरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ,’ पत्रमा उल्लेख थियो।