फिल्म ‘महाजात्रा’ रमाइलो छ, एकदम मनपर्यो : पूर्व रानी शाह

काठमाडौँ ।फिल्म ‘महाजात्रा’ को बम्पर सुरुआत भएको छ । चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको हल भरिभराउ देखिएको छ ।

प्रदर्शनको पहिलो दिन नेपालका अधिकाम्स शो हाउसफुल भएका छन्, भने विदेशमा पनि दर्शकको राम्रो साथ पाएको छ ।

फिल्म हेर्न हल पुगेका दर्शकले ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट भनेको ‘महाजात्रा’ लाई पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाहले पनि हेरेकी छन् । शुक्रबार बेलुकी काठमाडौंस्थित सिभिल मलमा हिमानी ट्रष्टद्वारा आयोजित शोमा सहभागी हुँदै उनले फिल्म हेरेकी हुन् । फिल्म हेरेपछि उनले ‘महाजात्रा’ टिमसँग भेटघाट गर्दै बधाई दिइन् । पूर्व रानी शाहले संक्षिप्त प्रतिक्रिया दिदै भनिन्‘फिल्म रमाइलो बनेको छ । एकदम मनपर्यो । हामी सबैले रमाइलो गर्यौ ।’