फिल्म ‘उपहार’को सफलतापछि अर्को फिल्म बनाउदै अभिनेत्री रेखा थापा

काठमाडौं । फिल्म उपहार बनाएकी अभिनेत्री रेखा थापाले अर्को फिल्म बनाउने तयारी गरेकी छन् । उनले फिल्मको नाम सोचिरहेको बताएकी छन् ।

नेपाली फिल्म उद्योगको गरिमा राख्ने काम गरिरहेको बताउदै रेखाले फिल्मको सङ्ख्या मात्र राख्ने काम आफुबाट कदापि नहुने बताइन् ।

मेरो अझै दर्बिलो उपस्तिथि हुनेछ, सबैको माया र हौसला बटुल्ने हिम्मत छ, रेखाले भनिन् । अभिनेत्री थापा वैशाख-१८ गते नेपाल फर्किने तयारी रहेको छ ।