काठमाडौं। अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना भएको हो।
सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।