काठमा। गृहमन्त्री रवि लामिछानेले फिल्म ‘महाजात्रा’ हेरेका छन्।आइतबार बेलुका हल पुगेर गृहमन्त्री लामिछानेले दर्शकसँग बसेर फिल्म हेरेका हुन्।
‘महाजात्रा’को देश तथा विदेशमा चर्चा भएसँगै आफू यस शृंखलाको नियमित दर्शक भएकाले हलसम्म आएर फिल्म ‘महाजात्रा’ हेरेको गृहमन्त्री लामिछानेले बताए।
गृहमन्त्री लामिछानेले भने,’म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपीन र दुई रवीन्द्रको अभिनयको फ्यान नै हो’
फिल्मको विषय प्रहरी र अनुसन्धानसँग जोडिएको भएकाले आफू आकर्षित भएको बताउँदै लामिछानेले राजनीतिज्ञका रूपमा फिल्म हेरेपछि झनै ऊर्जा थपिएको बताए।
गत शुक्रबारदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको छ।