एजेन्सी । ताइवानको राजधानी ताइपेमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
सीएनएनका।अनुुसार भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि ६.५ म्याग्निच्युडको परकम्प गएको छ ।
बीबीसीका अनुसार ताइवानमा शक्तिशाली भूकम्पपछि छिमेकी देश जापानमा मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको छ ।
मियाकोजिमा र ओकिनावा टापुहरूमा ३ मिटर (लगभग १० फिट) अग्लो छालहरूको चेतावनी दिएको छ ।