प्रभु महालक्ष्मी लाइफको ब्रान्ड एम्बासडर हास्य कलाकार मनोज गजुरेल

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ब्रान्ड एम्बेसडरमा हास्य कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । इन्स्योरेन्सले काठमाडौंमा एक कार्यक्रमकाबीच हास्य कलाकार गजुरेलसँग सम्झौता गरेको हो।

सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं तथा कलाकार गजुरेलले हस्ताक्षर गरेका छन्।