काठमाडौं ।वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेर अवैधानिक रूपमा बसेका नेपालीलाई नेपाल फर्काउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पहल सुरु गरेको छ ।
नेपालका लागि अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)प्रमुख हेलेन फोर्ससँग भेटेर संघका अध्यक्ष डा.बद्री केसीले पैसाको अभावमा नेपाल फर्कन नपाएका नेपालीहरूको उद्धारमो लागि सहयोग गर्न आग्रह गरेका हुन् ।
एनआरएनएको सचिवालयमा आमन्त्रण गरी आईओएम प्रमुख फोर्सलाई संघका तर्फबाट सो आग्रह गरिएको हो ।
वैदेशिक रोजगारीका लागि हाल कुवेतमा रहेका नेपाली श्रमिक, जसले कुवेत सरकारको रेसिडेन्ट कानुन उल्लंघन गरेका छन्, उनीहरूका लागि १७ मार्च २०२४ देखि १७ जुन २०२४ सम्मको अवधिमा कुनै जरिमाना नतिरीकन आवश्यक प्रक्रिया पु(याएर आफ्नो मुलुक फर्कन सक्ने प्रावधान छ ।
हाल कुवेतस्थित नेपाली दूतावासमा गएर आवश्यक ट्राभल डकुमेन्टसमेत तयार गरे पनि २ सयभन्दा बढी नेपाली श्रमिक घर फिर्तीका लागि हवाई टिकट तिर्न नसक्ने अवस्थामा रहेका छन् ।
मुस्लिमहरूको महान् चाड रमजानको अवसर पारेर ४ वर्षपछि कुवेत सरकारले कुवेतमा कार्यरत अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कन अनुमति दिएको हो ।