गण्डकीको मुख्यमन्त्री भए खगराज अधिकारी

काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् ।

मुख्यमन्त्रीमा युक्ति भएका अधिकारी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गण्डकी प्रदेशसभा संसदीय दलका नेता हुन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ ९२० बमोजिम उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

यसअघि आजै नेता अधिकारीले एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ (सभामुखसहित)र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गरेका हुन् ।

नेपाली कांग्रेसले भने मुख्यमन्त्री नियुक्ती प्रकृया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ ।