एजेन्सी । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बहुप्रतिक्षित वैदेशिक सहायतासम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ।
रुससँग युद्ध लडिरहेको युक्रेनलाई ६१ अर्ब डलर सहायता उपलब्ध गराउने भएको छ । केही समयदेखि अमेरिकी सहयोग रोकिँदा युक्रेन समस्यामा पर्दै आएको थियो ।
त्यस्तैृ, इजरायललाई २६ अर्ब र गाजामा मानवीय सहायताका लागि ९ अर्ब डलर उपलब्ध गराउने भएको छ, भने एशिया प्रशान्त क्षेत्रमा ८ अर्ब डलर दिइनेछ । एशिया प्रशान्त क्षेत्रमा दिइने सहायता चीनसँग टक्कर लिइरहेको ताइवानमा केन्द्रित रहनेछ ।