काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको न्यारो बडी जहाज इजरायलमा मर्मत भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिएका हुन्। पत्रकारसँगको अन्तरक्रियामा मन्त्री तामाङले सो जाकारी दिदै लामो समयदेखि इजरायलमा मर्मतमा रहेको जहाज काठमाडौँ आउन लागेको बताए ।
जहाज ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले उक्त जहाज इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । इजरायलमा मर्मतपछि जहाज काठमाडौँ फर्किन लागेको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार इजरायलमा मर्मत भएको न्यारो बडी जहाज राति काठमाडौँ आइपुग्नेछ ।