इलाम-२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत

काठमाडौं । प्रतिनिधि सभा सदस्यको लागि भएको इलाम–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको थियो।

तर, इलाम-२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बूले जमानत जफत भएको छ । उनले ५ हजार ५० मात्रै मत प्राप्त गरे। प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका उम्मेदवारले धरौटी जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्ने हुन्छ ।

इलाम-२ मा रास्वपा, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशनलगायत १६ उम्मेदवारको जमानत जफत भएको छ भने, नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर निर्वाचित भए।