काठमाडौं। अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा अभिनय गरेको फिल्म ‘दान्भी’आगामी असार ७ गतेबाट देशभर प्रदर्शन हुुने भएको छ ।
अभिनेत्री पूजाको जन्मदिनको अवसरमा फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि फिल्मलाई जेठ १० गते ल्याउने तयारी भएको थियो । तर, यो मितिमा दुई ठूलो फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’आउने भएपछि फिल्मको प्रदर्शन मिति सारिएको हो ।