काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक विदा दिएसँगै आज सेयर बजार बन्द हुने भएको छ ।
सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय समेत बन्द रनेछन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो । अब बजार वैशाख २० गते बिहीबार बिहान ११ बजे खुल्नेछ ।