नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल हुदैँ

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुदैँछ ।

५ खेलको टी-२० सिरिजको तेस्रो खेल आज टियु क्रिकेट मैदानमा अपराहन्न १२: १५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १-१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ए ले १० रनको जित हासिल गरेको थियो । नेपालले सिरिजको चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने भएको छ ।