काठमाडौं। भारतले नेपालमा प्याजको निर्यातमाथि लगाएको प्रतिबन्ध शनिबारदेखि हटाएको छ। निर्यात प्रतिबन्ध हटाएपनि ४० प्रतिशत निर्यात शुल्क लगाएको छ।
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटाएसँगै नेपाली बजारमा प्याजको मूल्य घट्ने अपेक्षा गरिएको तर, भारतले निर्यातमा ४० प्रतिशत शुल्क लगाएपछि अब आयात हुने प्याजको मूल्य ४० प्रतिशतले महँगिने आलुप्याज व्यवसायी महासंघले जनाएको छ ।
अहिले नेपाली बजारमा प्याजको मूल्य प्रतिकिलो औसत ६० रुपैयाँ रहेको छ। ४० प्रतिशत भ्याट थप गर्दा प्रतिकिलो ८४ रुपैयाँ पुग्ने अनुमान छ ।