एक महिनामा कति नेपाली वैदेशिक रोजगारीका लागि रुस पुगे ?

काठमाडौं । चैत महिनामा १०१ नेपाली वैदेशिक रोजगारीका लागि रुस पुगेका छन् ।  प्रतिबन्धका बिच चैत महिनामा रोजगारीका लागि १०१ नेपालीले रुस जानका लागि श्रम स्वीकृति लिएका हुन् ।

वैदेशिक रोजगार विभागका तथ्याङ्क अनुसार चैत महिनामा १०१ नेपालीले संस्थागत श्रम स्वीकृति लिएका हुन् । म्यानपावर व्यवसायी मार्फत उनीहरू रुस पुगिसकेका छन् ।

रुस र युक्रेनबिच युद्धका कारण नेपालीलाई दुवै देशमा जान प्रतिबन्ध छ । विभागले श्रम स्वीकृति दिन स्थगन गरेको थियो । श्रम स्वीकृति रोकिएको कारणबाट रुसमा विभिन्न पेसा व्यवसायी गरी बिदामा नेपाल आएका कामदारहरूको लागि भन्दै पुनः श्रम स्वीकृति सुरू गर्ने निर्णय गरिएको थियो ।