काठमाडौं । इलाम-२ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन् ।
गत बैशाख १५ गते भएको उपनिर्वाचनबाट एमालेबाट उम्मेदवार नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका थिए ।