कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको आज बैठक बस्ने भएको छ ।

कांग्रेसले शुक्रबार देखि शुरु हुने बजेट अधिवेशन बारे छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको हो ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न यस अघिको संसद अधिवेशन अवरुद्ध गरेको र शुक्रबारदेखि शुरु हुने बजेट अधिवेशन अवरुद्ध गर्ने बताउदै आएको छ ।