काठमाडौं। पेट्रोल र डिजेलको मूल्य घटेको छ ।
नेपाल आयल निगमको संचालक समितिको बैठकले गए राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ ।