आइपिएल : राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी

एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पञ्जावले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको लक्ष्य पछाएको पञ्जावले १८।५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि राजस्थानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो । पञ्जावको यस सिजनमा यो पाँचौं जित हो ।