काठमाडौं । नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्। एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि शर्मा फरार भएका हुन्।
भक्तपुर सूर्यविनायक-२ बालकोट बस्दै आएका शर्मालाई खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त दरबारमार्गमा युवतीले शर्माविरूद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्।
शर्माविरूद्ध जबरजस्ती करणीको जाहेरी परेको र उनी हाल फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । दोलखाका जिल्लास्तरीय नेता शर्मा बालकोट बस्दै आएका छन्।
शर्मा निर्माण व्यवसायीसमेत हुन्। उनको ठिमी नगरपालिका-३ गठ्ठाघरमा प्रदेश निर्माण सेवा छ। ठेक्कापट्टा साथै शर्मा मिटरब्याजको कारोबारमा सक्रिय छन्।