काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तालिका अनुसार नेपालले एसोसिएट राष्ट्रहरू अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने पक्का भएको हो।
आईसीसीले अभ्यास खेलका लागि २७ मेदेखि १ जुनसम्मको तालिका सार्वजनिक गरेको छ ।