रुपन्देहीमा बस दुर्घटना हुँदा ४३ घाइते

रुपन्देही । रूपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्।

दाङबाट काठमाडौं आउँदै गरेको रा१ख २७८३ नम्बरको बस गएराति रूपन्देहीको बजार नजिक पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।