काठमाडौं। फिफा विश्वकप २०२६ को एसियाली छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपाल र यमन बराबरी भएका छन् ।
साउदी अरेबियाको दमाम शहर त प्रिन्स मोहमद विन फहद रंगशालमा गएराति भएको खेलमा नेपाल र यमनले २–२ गोलको बराबरी भएका हुन् ।
समूह ‘एच’बाट युएई र बहराइनले विश्वकप छनोटको तेस्रो चरणमा स्थान सुरक्षित गरेका छन् । नेपाल र यमनले एएफसी एसियन कप छनोटको तेस्रो चरण खेल्ने छन् ।
























