यो वर्ष १६ लाख पर्यटक भित्र्याउँछौं : पर्यटनमन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङ्ले ‘टुरिज्म एक्स्पो’ले नेपालको पर्यटन प्रवद्र्धनमा कोशे ढुङ्गाको काम गर्ने विश्वास गरेका छन् ।

आज ‘नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पो २०२४’ को उद्घाटन गर्दै उनले यस वर्ष कम्तीमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको बताए ।

नेपालको पर्यटन अन्तर्राष्ट्रिय बजारमा प्रवध्र्दन गर्ने उद्देश्यले समीट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवध्र्दन, काठमाडौं महानगरपालिकाको सहयोग र विभिन्न संघ सस्थाहरुको सहकार्यमा एक्स्पो सञ्चालन हुन लागेको हो । यो एक्स्पो आज र भोलि सञ्चालन हुनेछ ।

एक्सपोमा १६ देशका १५० विक्रेता, २५० क्रेता तथा एक हजारभन्दा बढि आगन्तुकको सहभागिता रहने छ । यस्तै, एक्स्पोमा बिहार टूरिजम मलेशियाको समेत सहभागिता रहने छ ।

एक्स्पोमा नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिकासहित एजुकेशनल पार्टनरका रुपमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट ९नाथम०, हस्पिटालिटी पार्टनर होटल सोल्टी काठमाडौं, ल्यान्डमार्क होटेल्स एण्ड रिसोर्ट्स काठमाडौं र रे जिनटा रोयल अर्किड होटल्स तथा डेस्टिनेशन पार्टनरका रुपमा चन्द्रागिरी हिल्स, फूड पार्टनरका रुपमा अटिक, डिजिटल पार्टनरका रुपमा खल्ती, ट्रान्सपोर्ट पार्टनरमा स्विफ्ट होलिडेज, ट्राभल पार्टनरमा एमडी एडभेन्चर, हेल्थ पार्टनरमा ह्याम्स अस्पताल र इटरनेट पार्टनरमा क्लासिक टेक रहेका छन् ।