लमजुङमा पहिरोमा परी चारजना बेपत्ता

लमजुङ। लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गएराति पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता भएका छन् ।पहिरोमा परी एकजना घाइते भएका छन् ।

लगातारको वर्षासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।

पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी ५ वर्षीया छोरी नम्रता तथा ७ वर्षीया इच्छा गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।