पहिरोमा पुरिएर दुई बालकालिकाको मृत्यु

कास्की। अविरल वर्षापछि आएको पहिरोमा परेर कास्कीमा दुई बालबालिकाको मृत्यु भएको छ । कास्कीमा छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको हो । घटनामा एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कास्कीको मादी गाउँपालिका-५ चितेपानी घुम्तीमा गएराति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको हो ।

उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । घटना भएका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए ।