प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग भेट्न उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।

गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बलकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ ।