कांग्रेस-एमालेको नयाँ सत्ता समीकरणप्रति मेयर बालेनको टिप्पणी, ‘काले काले मिलेर खाऊँ भाले’

काठमाडौं  । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सत्ता समीकरणप्रति कडा व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले चिया पिउँदै गरेको फोटो राखेर व्यंग्यात्मक टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊँ भाले ।’ गएराति कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि नयाँ समीकरण बनाएर अघि बढ्ने सहमति भएको थियो ।