प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगे

काठामाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेससँग गएराति सहमति भएसँगै नयाँ सत्ता समीकरणबारे प्रचण्डलाई जानकारी दिन ओली बालुवाटार पुगेका हुन् ।

भेटका क्रममा ओलीले प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह समेत गर्ने एमालेले जनाएको छ । कांग्रेस-एमालेबीच भएको सहमतिमा पहिलो डेढ वर्ष ओली र त्यसपछिको बाँकी अवधि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमती भएको छ ।