प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

कांग्रेसको बुधबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको प्रवक्ता डा। प्रकाश शरण महतले जानकारी दिएका छन्।

एमालेसँग भएको सहमति अनुसार एमाले अध्यक्ष केपी ओली पहिला प्रधानमन्त्री हुने र त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमती भएको छ ।