काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बुधबार मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम गर्ने काम भइरहेको छ । जारी
टिचिङ अस्पताल महाराजगन्जमा बुधबार अपराह्नबाट पोष्टमार्टम सुरु गरिएकोमा अहिलेसम्म ७ वटा शवको पोष्टमार्टम भएको शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा। गोपाल कुमार चौधरीले जानकारी दिए । उनले आज साँझसम्ममा सबै शवको पोष्टमार्टम सकेर भोलि म्याचिङ गरी आफन्तको जिम्मा लगाइने बताए ।
हिजो बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरको जहाज उडेको केही सेकेन्डमै दुर्घटनामा परेको थियो ।
दुर्घटनामा एक विदेशीसहित १८ जनाको मृत्यु भएको थियो । पाइलट मनिषरत्न शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो ।