काठमाडौं । देशभरीको मौसम आज धुम्म छ । तर, तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम धुम्म भएको मौसमविद् जानकारी दिएका छन् ।
मौसमविद्का अनुसार छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव धेरैजसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका पूर्वी क्षेत्रमा परेको छ । यही प्रणालीका कारण कोशी प्रदेशका केही ठाउँमा आज हल्का पानी पर्ने अनुमान छ ।
आज दिउँसो पनि मौसम पुरै खुल्ने सम्भावना कम छ। मौसमविद्का अनुसार केही दिन अझै मौसम यस्तै रहने अनुमान छ ।