आज सुनको भाउ बढ्यो

काठमाडौं । आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ । सुनको मूल्य आज तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ । यो हिजोको भाउभन्दा तोलामा दुई हजार ८ सयले धेरै हो ।

यसअघि गएको १८ गते सोमवार सुनको भाउ तोलामा एक लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघ ले बताएको छ ।