कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौं । कर्मचारी सञ्चय कोषमा कर्मचारी आवश्यक भएको छ । विभिन्न पदमा ३० जनाका लागि कोषले दरखास्त आह्वान गरेको छ।

शुक्रबार सूचना प्रकाशन गर्दै नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि कर्मचारी कोषले मागेको हो। कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धक एकरएक जना मागेको छ।

सहायक प्रबन्धकमा १२ जना मागेको छ। जसमध्ये खुलबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २र२ जना र मधेसीबाट १ जना नियुक्त हुनेछन्। त्यस्तै प्रशासनतर्फ १ जना र प्राबिधिकतर्फ १ जना सहायक प्रबन्धक मागिएको छ।

पाँचौं तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ। जसमध्ये ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २र२ जना र १ जना मधेसीबाट नियुक्त गरिने भएको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ भने दरखास्त शुल्क पदअनुसार फरक-फरक निर्धारण गरिएको छ।