‘तेल भिसा’ फिल्म कहिले प्रदर्शन हुन्छ ?

काठमाडौं । ‘तेल भिसा’ शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म हो । फिल्म आगामी चैतको दोस्रो साताबाट फ्लोरमा जाने बुझिएको छ ।

फिल्मको लागि कलाकार छनौट भइरहेको छ । फिल्मको मुख्य भूमिकामा रहने कलाकार भने टुङ्गो लागेको निर्माण युनिटले जनाएको छ।

निर्माण युनिटका अनुसार फिल्मको मुख्य भूमिकामा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे र बुद्धि तामाङ देखिनेछन् ।

सेभेन सिज इन्टरमेन्ट र वेल डन क्रियसनको संयुक्त ब्यानरमा निर्माण हुने  छ ।