कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक

कर्णाली । कर्णाली प्रदेश सरकारले ‘कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति २०८०-८५’ सार्वजनिक गरेको छ ।

सामाजिक विकास मन्त्रालयले ७९ स्थानीय तहका प्रमुख/अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरू, सरोकारवाला सबै क्षेत्रका प्रमुखलगायतको उपस्थितमा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आँखा स्वास्थ्य रणनीति सार्वजनिक गरेको हो ।

कार्यक्रम प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले यो आँखा स्वास्थ्य रणनीति तयार हुनु नै उपलब्धिको विषय भएको बताए ।

मन्त्रालयका सचिव भोजराज शर्मा काफ्लेले आँखा स्वास्थ्यसम्बन्धी बनेका कर्णाली प्रदेश रणनीतिले यहाँका नागरिकको आँखा जोगाउन विशेष मद्दत पुग्ने बताए ।

उनले बृहत् आँखा स्वास्थ्य सेवालाई स्वास्थ्य सेवाको मूलधारमा एकीकृत गर्दै हरेक तहबाट गुणस्तरीय एवं प्रभावकारी स्वास्थ्य उपलब्ध गराउने उद्देश्यले रणनीति तयार भएको जनाए ।