काठमाडौं । राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा आज सेमिफाइनलका दुबै खेल हुने भएको छन्।
बिहान १० बजे हुने पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्दैछन्। साबिक विजेता समेत रहेको एपीएफ समूह ए को विजेता हो भने गण्डकी समूह बी को उपविजेता हो।
यसैगरी दिउँसो १ बजे हुने दोस्रो सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ। प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ।