काठमाडौं। सानिमा बैंक लिमिटेड र दमकको निर्णायक रेफेरेन्स ल्याव प्रालिबीच छुट सम्झौता भएको छ ।
निर्णायक ल्यावका कार्यकारी निर्देशक कृष्ण कार्की र सानिमा बैंक दमक शाखाका म्यानेजर अजय कुमार यादवले छुट सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार अब सानिमा बैंकका ग्राहकहरुले निर्णायक ल्यावमा जुनसुकै स्वास्थ्य परिक्षण गराउँदा १० देखि ४० प्रतिशतसम्म छुट पाउनेछन् ।
सानिमा बैंकका भिषा कार्ड, क्रेडिक कार्ड, मोवाइल तथा इन्टर्नेट बैंकिङ लगायतका डिजिटल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले छुटको सुबिधा पाउने छन् ।