एजेन्सी। सन १९९० को दशककी बलउडकी चर्चित अभिनेत्री करिश्मा कपुर फिल्ममा नआएको निकै लामो समय भयो । यिनै अभिनेत्रीले अहिले चलचित्रमा चुम्बनको दृष्य सामान्य हुने गरेपनि आफुहरुको पालामा सिनेमामा चुम्बन गर्न त्यति सहज नभएको बताएकी छिन् ।
एक अन्तरवार्तामा अभिनेत्री करिश्माले सन् १९९६ मा रिलिज भएको फिल्म राजा हिन्दुस्तानीमा चुम्बनको दृष्य छायाँकन गर्न निकै गाह्रो भएको खुलासा गरेकी छन् ।
राजा हिन्दुस्तानी अभिनेत्री करिश्मा कपूरको निकै मन पराइएको फिल्म थियो । यस फिल्ममा उनीसँग आमिर खान मुख्य भूमिकामा थिए । यो फिल्ममा करिश्मा र आमिरबीचको एउटा चुम्बन दृष्य त्यतिबेला निकै चर्चामा थियो । त्यो चुम्बन दृष्य खिच्नको लागि आफुहरुलाई निकै समय लागेको यी अभिनेत्रीले सम्झना गरेकी छिन् ।
‘यो फिल्ममा आमिर खान र म बीच ओठ जोडेर चुम्बन गर्नु पर्ने लिप लकको एउटा दृष्य थियो । त्यो दृष्य खिच्ने क्रममा हामी दुई जाना नै निकै डराएका थियौं ।’ अभिनेत्री करिश्माले भनिन्,‘त्यो चुम्बनको दृष्यको छायाँकन पुरा गर्न हामीलाई निकै समय लाग्यो । हुन पनि त्यो दृश्यलाई बलिउड उद्योगमा सबैभन्दा लामो समय ओठ जोडेको चुम्बनको दृश्य मानिएको थियो।’
अभिनेत्री करिश्मा कपूरले आमिर खानसँगको त्यो चुम्बन दृष्यको छायाँकन तीन दिनमा सम्पन्न भएको बताएकी छन् । करिश्मा कपूरले एक अन्तर्वार्तामा भनिन्, ‘यो दृश्य फेब्रुअरीमा अत्यधिक चिसोको समयमा उटीमा छायांकन गरिएको थियो र यसका लागि हामीले ४७ पटकसम्म रिटेक दिनु परेको थियो ।’
अभिनेत्री करिश्माले सो दृष्य छायाँकनको क्रमलाई सम्झना गर्दै भनिन्,‘हामीलाई यो चुम्बनको सुटिङ कहिले समाप्त हुन्छ भन्ने लागेको थियो । एक दिन त हामीले बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म पनि चुम्बनको यो सिन गर्दा समेत सोचे अनुसार यो सिन ओके भएन ।’ त्यतिबेला चुम्बनको सिन दिन आफु र आमिर खान दुबैलाई सहज नभएको यी अभिनेत्रीले बताएकी छिन् ।
अभिनेत्री करिश्मा भन्छिन्, ‘आजकाल पनि लामा र कामुक मुद्राका चुम्बनको दृष्य फिल्मदेखि वेभ सिरिजमा देख्न पाईन्छ । यस्ता दृष्यहरु आजकाल दर्शकलाई सहज लाग्ने गरे पनि हाम्रो पालामा यस्तो चुम्बनको दृष्य फिल्ममा दिनु निकै कठिन काम हुन्थ्यो ।’