श्रीमानले गरे महिला प्रहरीको गोली हानी हत्या

दाङ । दाङमा गोली हानेर माहिला प्रहरीको हत्या भएको छ ।

घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो ।

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान प्रहरी हवल्दार यम बहादुर झाक्रीले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ ।

गोली हानेर भाग्दै गरेका झाक्रीलाई लमही अर्जुन खोलाबाट पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहतीले बताएको छ ।