एसीसी महिला प्रिमियर कप: आज मलेसियासँग नेपाल भिड्दै

काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आज आयोजक मलेसियासँग भिड्ने भएको छ ।

यो खेल मलेसियास्थित बायुएमास ओभलमा नेपाली समय अनुसार ११स् १५ बजेदेखि शुरु हुदै छ ।

नेपालले बुधबार सम्पन्न क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । त्यस्तै, मलेसियाले बुधबारनै जापानलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।