संगीतकार अम्बर तुम्बापो सुब्बाको ‘लाग्थ्यो तिमी’

काठमाडौ । संगीतकार अम्बर तुम्बापो सुब्बाको नयाँ गीत ‘लाग्थ्यो तिमी’ फिमेल भर्सन सार्वजनिक भएको छ । बानिका प्रधानको स्वर रहेको गीतमा अम्बर तुम्बापो सुब्बाको संगीत र सुमित विश्वकर्माको एरेञ्ज रहेको छ ।

भिडियोमा बानिका प्रधानको अभिनय छ भने, उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ । छायांकन, निर्देशन र सम्पादन योगेश दाहालको रहेको छ ।

‘लाग्थ्यो तिमी’ ओर्जिनल गायक सन्तोष लामाको हो । उनको एल्बम एम्बर १ को लागि गाइएको थियो ।

‘लाग्थ्यो तिमी’ भिडियोमा हेनुहोस्