काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले नवनिर्वाचित १९ जना सांसदहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।
आइतबार मात्रै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ परेसँगै नयाँ सांसदहरुलाई स्वागत गरिएको थियो ।
रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका हुन् । एक जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन् ।
कृष्णप्रसाद सिटौला,रुकमिणी कोइराला, पूजा चौधरी,पदमबहादुर परियार, आनन्दप्रसाद ढुंगाना, विष्णु बहादुर विश्वकर्मा, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी,सावित्री मल्ल, कृष्ण बहादुर रोकाय,नारायणदत्ता भट्ट रेनु चन्द, र बलदेव बोहराले शफथ लिएका हुन् ।































