खन्ती प्रहार गरी युवाको हत्या

झापा। झापामा एक जना पुरूषको हत्या भएको छ।

बिहीबार बिहान करिब ५ बजे भद्रपुर नगरपालिका वडा नम्बर २ का सनम भन्ने गंगा राईको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार सनम गए राति स्थानीय वीर बहादुर राईको घरमा सुतेका थिए।

सुतिरहेको बेलामा वीर बहादुरका छोरा कमानसिंह राईले सनममाथि खन्ती प्रहार गरेका थिए। खन्ती प्रहारबाट सनमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे वडाध्यक्षले इलाका प्रहरी कार्यालय पृथ्वीनगरमा जानकारी गराएका थिए। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ