गायिका एलिना वैशाखमा बिहे गर्दै

काठमाडौं । गायिका एलिना चौहानले वैशाखमा बिहे गर्ने भएकी छन्।
अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन्।

वैशाख ५ गते झापाबाट उनीहरूको विवाह हुन लागेको हो। झापाकी एलिना र बागलुङका विष्णुले केही समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन्।

एलिना नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयकी निकै रूचाइएकी गायिका हुन्।