सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनःनयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी महासंघका अनुसार सुनको मूल्य बिहीबार १ हजार १ सय रुपैयाँ बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो।

आज छापावाल सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

चाँदी प्रतितोला २० रुपैयाँ बढेर कारोबार भएको छ। चाँदी प्रतितोला एक हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ।