काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०७९-८० को नाफाबाट ५ प्रतिशत लाभांश दिने भएको हो ।
कम्पनीले ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । अब यो प्रस्ताव सरकार र बिमा समितिले स्विकृति दिएपछि साधारण सभामा लगिनेछ र सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।